प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

विहीबार, ०१ चैत्र २०८०, ११ : ३४

काठमाडौं - सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। 

नेप्से परिसूचक १.८३ अंकले बढेर २११५.५५ विन्दुमा कायम भएको छ । यो सेसनमा ३३ स्क्रिप्सको ९ हजार ५५१ कित्ता सेयर २४ लाख १५ हजार १४ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका स्क्रिप्समध्ये २३ वटाको मूल्य बढ्यो । ६ वटाको मूल्य घट्दा ४ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

विहीबार, ०१ चैत्र २०८०, ११ : ३४

प्रतिक्रिया