स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

१ महिना अगाडि

काठमाडौं -  स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहुँच पु¥याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ शुरु भएको छ ।

 

सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको हो । पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिनुभयो । महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताउनुभयो । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा  आर्थिक सहयोग गर्दै आएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया