आफ्ना लागि सही प्रजनन केन्द्रको छनोट कसरी गर्ने ?

१ महिना अगाडि

काठमाडौं - परिवार सुरु गर्नु एक रोमाञ्चक अनि नितान्त व्यक्तिगत यात्रा हो। प्रजनन क्षमतासँग सम्बन्धित समस्याहरुको सामना गरिरहेका जोडीहरुका लागि सही प्रजनन केन्द्रको छनोट एक महत्वपूर्ण कदम हो। यसका निम्ति धेरै विकल्पहरू उपलब्ध भएका कारण तपाईंको व्यक्तिगत आवश्यकतासँग मिल्दोजुल्दो र उत्कृष्ट सम्भावित हेरचाह प्रदान गर्ने केन्द्र फेला पार्नु महत्त्वपूर्ण हुन्छ।

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभिएफ, नेपालकि केन्द्र प्रमुख डा. नेहा होमागाईँ प्रजनन यात्राका लागि सही सहयात्री छनोटको महत्त्वमा जोड दिँदै भन्नुहुन्छ, “हामीलाई थाहा छ, परिवार निर्माण गर्नु एक नितान्त निजि यात्रा हो र यसका लागि सही प्रजनन केन्द्रको छनोट गर्नु एक महत्वपूर्ण कदम हो। इन्दिरा आईभीएफ नेपालमा हामी व्यक्ति र दम्पतीहरूलाई वहाँहरुको अभिभावकत्वको यस अद्वितीय यात्रामा मद्दत गर्न हाम्रो विशेषज्ञतालाई बिरामी-केन्द्रित दृष्टिकोणसँग संयोजन गर्दर्छौं।”

प्रजनन केन्द्र छनोट गर्दा विचार गर्नुपर्ने केही आवश्यक तत्वहरू यहाँ छन् 
●     मान्यता र प्रमाणीकरणस् केन्द्रलाई प्रतिष्ठित संस्थाद्वारा मान्यता दिइएको छ भनी सुनिश्चित गर्नुहोस्। यसले गुणस्तर र सुरक्षाका उच्च मापदण्डहरूको पालना भएको जनाउँछ।
●     सफलता दरहरूस् निर्णयका लागि सफलता दरहरू एकमात्र कारक हुनुहुँदैन, तर आफ्नो जस्तै केसहरूका लागि केन्द्रको ट्र्याक रेकर्ड विचार गर्नुहोस्।
●    अनुभव र विशेषज्ञतास् प्रजनन विशेषज्ञ र कर्मचारीहरूको योग्यता र अनुभवका बारेमा बुझ्नुहोस्। बोर्ड(प्रमाणित चिकित्सक र प्रयोगशालाका अनुभवी कर्मचारीहरू खोज्नुहोस्।
●    उपचारका विकल्पहरूस् इन भिट्रो फर्टिलाइजेसन (IVF), इन्ट्रायूटेरिन इन्सेमिनेशन (IUI) र अन्य सहित केन्द्रले प्रदान गर्ने उपचारका दायराबारे सोधपुछ गर्नुहोस्। तिनीहरू तपाईंको विशेष आवश्यकता              प्राथमिकतासँग मिल्छन् कि मिल्दैनन् सुनिश्चित गर्नुहोस्।
●    वित्तीय पारदर्शितास् उपचारको लागत पहिले नै छलफल गर्नुहोस् र सम्बन्धित शुल्कहरूका बारेमा बुझ्नुहोस्। केन्द्रले उपलब्ध गराउने किस्ता भुक्तानी वा ऋण सुविधाजस्ता वित्तीय सहायता प्रस्तावहरूको             बारेमा जाँच गर्नुहोस्।
●    भावनात्मक समर्थनस् प्रजनन उपचारहरू भावनासँग जोडिएका हुन्छन्। त्यसैले बिरामी-केन्द्रित दृष्टिकोण भएको केन्द्र छान्नुहोस् जसले मातृत्वको यात्राभरि उचित परामर्श र सहायता प्रदान गर्दछ।
●    सुविधास् स्थान, अपोइन्टमेन्टको उपलब्धता र यात्रामा लाग्ने समयले तपाईंको उपचारलाई महत्त्वपूर्ण रूपमा प्रभाव पार्न सक्छ।
●    बिरामी समीक्षाहरूस् केन्द्रको वातावरण र दृष्टिकोणका बारेमा अन्तर्दृष्टि प्राप्त गर्न अन्य बिरामीहरूबाट अनलाइनमा उपलब्ध समीक्षा र टेस्टीमोनियलहरु पढ्नुहोस्।

भारतको प्रजनन अस्पतालहरूको अग्रणी श्रृंखला इन्दिरा आईभीएफले नेपालको काठमाडौंमा आफ्नो पहिलो केन्द्र खोलेको छ। यो विस्तारले नेपालमा सुलभ र किफायती बाँझोपन उपचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। क्लिनिकले व्यापक उपचार र भावनात्मक सहायता प्रदान गर्दछ र उन्नत प्रविधिहरूको प्रयोग मार्फत् दम्पतीहरूलाई अभिभावकत्वको बाटोमा सशक्त बनाउन मद्दत गर्दछ। बिरामी केन्द्रित उपचार र अत्याधुनिक प्रविधिप्रतिको प्रतिबद्धताका साथ इन्दिरा आईभीएफले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने र आशावादी अभिभावकहरूलाई उज्ज्वल भविष्य प्रदान गर्ने लक्ष्य राखेको छ।

इन्दिरा आईभीएफका बारेमा 
इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू रहेका छन् भने यहाँ २७०० भन्दा बढी उत्साही कर्मचारीहरू कार्यरत छन्। इन्दिरा आईभीएफले एक वर्षमा लगभग चालिस हजार भन्दा बढी आईभीएफ उपचार विधिहरु पूरा गर्ने गरेको छ जुन देशभरिमै सबैभन्दा ठूलो सङ्ख्या हो।
एक जिम्मेवार अनि अग्रणी संस्थाका रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि दक्ष जनशक्तीको विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ । सन् २०२३ मा रणनीतिक रूपमा संगठनमा BPEA-EQT  लगानी गरिएको थियो। इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा राजस्थानको उदयपुरमा डा . अजय मुर्डियाद्वारा गरिएको थियो।

१ महिना अगाडि

प्रतिक्रिया