देश लुट्न सहमति नहोस्

२ महिना अगाडि

सत्ता समीकरण बदलिएपछि सरकारको कार्यशैली कस्तो हुन्छ भन्ने सामान्य प्रश्न हो । अघिल्लो गठबन्धनको सरकारले भ्रष्टाचारका केही फाइलहरु खोल्न सुरु गरेको थियो । तर त्यो प्रयाप्त थिएन । शक्तिकेन्द्रको नजिक भएका व्यक्तिहरु अनुसन्धानको दायरा बाहिरै थिए । खासगरी प्रधानमन्त्रीको दलका पहु“च भएका नेताका छोराहरुलाई प्रहरीले सामान्य सोधपुछमा छोडेको थियो । वर्तमान सत्ता समीकरण बनेपछि गणतन्त्रको गर्भभित्र कस्तो रजगज मौलाएको रहेछ भन्ने छताछुल्ल भएको छ । 


वर्तमान गठबन्धन देशमा सुशासन कायम गर्न बनेको हो भने गणतन्त्रका बाइ प्रोडक्टहरुलाई सफाइ गर्न जरुरी छ । कुनै पनि बहानामा शक्तिको दुरुपयोग गरेर देशलाई लुट्नेहरुलाई सख्त कारबाही  गरियोस् । मुलुकमा भएका जुनसुकै भ्रष्टाचारका विषयहरुलाई सरकारले कारबाहीको दायरामा ल्याएर जनतालाई अब केही हुन्छ भन्ने सन्देश दिन सक्नु पर्दछ । सहकारी ठगी होस वा सुन तस्करी जुनसुकै काण्डका खलनायकहरु कोही पनि उम्किनु हु“दैन । सरकार परिवर्तनको औचित्य पनि यसबाटै पुष्टि हुनेछ । यसले जनतामा अलोकप्रिय बन्दै गएको माओवादीलाई पनि साख जोगाउन सजिलो हुनेछ । देशमा केही सम्भावना नदेखेर बाहिरिने युवा शक्तिलाई रोक्न पनि सरकारले कुनै न कुनै चमत्कारिक कार्य थालनी गरोस भन्ने आम चाहना छ ।

 
पुराना र मूलधारका दलहरुले देशलाई समृद्धीको मार्गमा लग्न नसकेको एक हदसम्म सही पनि हो । यो अभिभारा पुरा गर्ने उद्घोषका साथ राजनीतिमा आएका युवाहरुको सक्रियता पनि वर्तमान राजनीतिमा एउटा आशाको किरण बनेको छ । खास गरी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मानिसहरुको ठूलो आशा र भर।ेसा रहेको पाइन्छ । गृहमन्त्री रबी लामिछानेले सुन तस्करीमा संलग्न जो कोहीलाई पनि पाता कस्ने साहस देखाए भने राजनीतिमा उनको ग्राफ ह्वात्तै बढ्नेछ । उनको अग्रगामी यात्रालाई रोक्न कसैले सक्ने छैन । उनले कति हिम्मत देखाउ“छन् त्यो त प्रतिक्षाकै विषय छ । जनतामा एउटा आशंका भने बा“की नै छ । सरकारमा जानको लागि गठबन्धन गरेका दलहरु सरकार बचाउन पनि भ्रष्टाचारमा सहमति गर्ने त होइनन् ? जनताको यो शंका जायज छ । तर नया“ उदीयमान दलहरुले जनताको यो आशंकालाई गलत सावित गर्न सकून । ठूला दलहरुले जस्तोसुकै दवाव र प्रभाव देखाए पनि त्यसलाई ललकार्न सक्नु पर्दछ । नेपालमा पनि कानुनी शासन छ भन्ने सन्देश विश्वभरि छरिएर रहेको नेपालीहरुलाई दिन सकियो मात्र भने ठूलो उपलब्धी हुनेछ । नत्र भने ऐतिहासिक जनयुद्ध र जन आन्दोलनले ल्याएको गणतन्त्र पनि कुशासनको प्रयाय बन्नेछ ।    

२ महिना अगाडि

प्रतिक्रिया