आइपीओ निष्कासन गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर, एजीएम कहिले ?

१ महिना अगाडि

काठमाडौं - आइपीओ निष्कासनको प्रस्ताव सहित झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ। सभा चैत २४ गते पोखरा-७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको जानकारी छ।

यस सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।  त्यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत समावेश गरिएको छ।
 

१ महिना अगाडि

प्रतिक्रिया