प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

१ महिना अगाडि

काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र २१ हजार ९६० कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारणका लागि विक्रीमा ल्याएको शेयर खरिदका लागि आगामी सात दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया