४० प्रतिशत आईपीओ लघुवित्तका ऋणीलाई छुट्याउदैँ

१ महिना अगाडि

काठमाडौं - सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया) लाई संशोधन गर्न विधेयक दर्ता गराएको छ । 

अर्थमन्त्री वर्षमान पुनले गत सोमबार संसद्‍मा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० दार्ता गराएका हुन् । अहिले लघुवित्तले वैदेशिक रोजगारीमा गएकाहरू र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत निष्कासन गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ को उपदफा (१)बमोजिम बैंक वा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनु पर्ने व्यवस्था छ । मुल ऐनको परिच्छेद–३ को धितोपत्रको कारोबार सम्बन्धी व्यवस्थको दफा ९ मा एउटा बुँदा थपेको छ । मुल ऐनको दफा ९ को उपदफा (७) पछि लघुवित्तका ऋणीहरूलाई सेयर दिने व्यवस्था थप गरिएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गर्न लागेको सेयरको ४० प्रतिशत हुन आउने सेयर आफ्ना ऋणीलाई छुट्याउनु पर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव संसद्बाट पारित भए लागु हुनेछ ।


 

१ महिना अगाडि

प्रतिक्रिया