मोटरसाइकल बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

आइतबार, ११ चैत्र २०८०, ०९ : ०५

काठमाडौँ । दाङको राजपुर गाउँपालिका - ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिवार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी दिए।

आइतबार, ११ चैत्र २०८०, ०९ : ०५

प्रतिक्रिया