रूसको जहाज माथि युक्रेनको आक्रमण

१ महिना अगाडि

काठमाडौँ - क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आइतबार राति आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रूसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’ लाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ।रूसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठूलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रूसी अधिकारीहरूले बताएका छन्।रूसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्रामपोस्टमा लेखेका छन्‌, ‘यो पछिल्लो समयको सबैभन्दा ठूलो आक्रमण हो।’उनका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। उनले रूसी युद्धपोतमा कुनै क्षति भएको वा नभएको भन्ने बिषयमा केही बताएनन्‌। 

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा शहरमा ठूलो विष्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रूसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ।युक्रेनले युद्ध सुरु भएदेखि नै रूसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ। भूउपग्रहबाट प्राप्त तस्वीरमा रूसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ। मस्कोले हालै आफ्नो नौसेना प्रमुखलाई हटाएको छ। युक्रेनको राजधानी किएभ र पश्चिमी क्षेत्र एल्भिभमा पनि आइतबार बिहानै रूसी हवाई आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

युक्रेनको वायु सेनाका अनुसार रूसले आफ्नो भूमिमा २९ वटा क्रुज क्षेप्यास्त्र र २८ वटा ड्रोन प्रहार गरेको छ। उसले १८ वटा क्षेप्यास्त्र र २५ वटा ड्रोन खसालेको जनाएको छ । रूसले हालैका दिनहरूमा युक्रेनविरुद्ध आफ्नो हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ, जुन उसको सीमावर्ती क्षेत्रहरूमा युक्रेनी आक्रमणको लहरको प्रतिशोध हो।मस्कोले युक्रेनको ऊर्जा क्षेत्रमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण ९करिब ९० वटा क्षेप्यास्त्र र ६० वटा ड्रोन प्रहार० गरेको थियो। रूसले पनि किएभलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको छ र फेब्रुअरीको सुरुदेखि नै यस सहरमा पहिलो पटक आक्रमण गरेको छ।युक्रेनी सैन्य प्रशासनका किएभ प्रमुख सर्गी पोप्कोले रूसले कुनै पनि हालतमा किएभलाई नष्ट गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता  दिइरहेको बताएका छन्‌।

१ महिना अगाडि

प्रतिक्रिया