सेयर बजारमा गिरावट, कारोबार रकम कति ?

१ महिना अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार १७.०१ अंकले घटेर २०३१ को विन्दुमा कायम हुन पुगेको छ ।

नकारात्मक सर्किट लागेका कम्पनीहरु
आज किसान लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, आत्मनिर्भर लघुवित्तको ८.४२ प्रतिशत, गुराँस लघुवित्तको ७.०१ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

घटेको बजारमा दुई कम्पनीमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज  सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १३ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै सोनापुर मिनरल्सको ८ करोड १३ लाख २३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६ करोड २९ लाख रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ५ करोड ८६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको ८.४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशत, हिमालयन हाइड्रोपावरको ६.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया