एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

सोमबार, १२ चैत्र २०८०, १६ : १८

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

सोमबार, १२ चैत्र २०८०, १६ : १८

प्रतिक्रिया