६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै

१ महिना अगाडि

काठमाडौं - अबको १ महिनामा ६ वटा कम्पनीका सेयरमा लकइन अवधि सकिँदै छ ।

 चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने छन् । सेयर रजिस्टार कम्पनीहरुले लकइन अवधि सकिने समयावधिबारे सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् । लकइन अवधि सकिएपछि ती सेयर कारोबार गर्न योग्य हुनेछ । सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराउन थालिएको हो ।

सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ । सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ ।


 

१ महिना अगाडि

प्रतिक्रिया