नेप्सेमा १०.८३ अंकको गिरावट

१ महिना अगाडि

काठमाडौँ - आज चैत १४ गते सेयर बजारमा गिरावट आएको छ ।बुधबार बजार १०.८३ अंकले घटेर २०३० को विन्दुमा कायम हुन पुगेको हो ।

आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, २ अर्ब २३ करोडको कारोबार

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

 सर्वोत्तमको सेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता १० प्रतिशत अर्थात ८९ रुपैंया ५० पैसाले बढेर ९८४.६० रुपैयाँ पुगेको छ ।त्यसैगरी, हिमालयन ८०–२० को ९.९३ प्रतिशत, र इष्टर्न हाइड्रोपावरको ७.२४ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ५.२२ प्रतिशत, बलेफी हाइड्रोपावर ४.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
 

यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आज सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७२ लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको ७ करोड ३३ लाख ५६ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ७ करोड १० लाख ४७ हजार रुपैयाँ र गुर्खाज फाइनान्सको ५ करोड ९० लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

 

१ महिना अगाडि

प्रतिक्रिया