एसइई परीक्षा आजदेखि सुरु , पाँच लाख चार हजार बढी परीक्षार्थी सहभागी

१ महिना अगाडि

काठमाडौं- २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) देखि सुरु हुँदैछ। 

आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंगेजी विषयको परीक्षा दिंदैछन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ। यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। देशका सबै स्थानमा व्यवस्थित र सुरक्षित रुपले परीक्षा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् । 

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ। त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् । त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । 

१ महिना अगाडि

प्रतिक्रिया