सेयर बजारमा सुधार, कारोबार रकम कति ?

४ हप्ता अगाडि

काठमाडौँ- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

आज सर्वाधिक कमाउने कम्पनीहरु
आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड २४ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १५ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन शिभम् सिमेन्टको १५ करोड ३२ लाख ३७ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ११ करोड १७ लाख ८९ हजार रुपैयाँ र पिपुल्स पावर लिमटिेडको ६ करोड ६५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी, हिमालयन हाइड्रोपावरको ८.७३ प्रतिशत, र साम्लिङ पावर कम्पनीको ८.०७ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

नकारात्मक सर्किट लागेका कम्पनीहरु
आज उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० १० प्रतिशतले घटेको छ । त्यसैगरी, हिमालयन ८०–२० को ६.८० प्रतिशत, र जोशी हाइड्रोपावरको ३.३४ प्रतिशत, मैलुङखोला जलविद्युतको ३.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया