एक कम्पनीको संस्थापक शेयर लिलामीमा

४ हप्ता अगाडि

काठमाडौं- एनएमबि बैंकले आज शुक्रबारदेखि संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले खुला गरेको ५२ हजार १७२ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने छन् । संस्थापक शेयरको प्रतिकित्ता मूल्य १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।


 

४ हप्ता अगाडि

प्रतिक्रिया