एक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

४ हप्ता अगाडि

काठमाडौँ - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ  । 

लघुवित्तले दुई संस्थापक १३ हजार ९९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक  सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस  सेयरमा हाल विद्यमान संस्थापक  सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो  सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया