अपडेट: त्रिशूली नदीमा ट्याक्सी खस्दा एक बालिका सहित ५ जनाको मृत्यु

४ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनको इच्छा कामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो ट्याक्सीमा सवार पाँच जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ ।

यद्यपि ट्याक्सीमा कति सवार थिए भन्नेबारे भने यकिन हुन सकेको छैन । मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन । हाल प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएको छ । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया