स्वदेशमै गुणस्तरीय शिक्षाको विकास गर्न नेतृ शर्माको जोड

१ महिना अगाडि

काठमाडौँ – वर्षेनी अर्बौं रुपैयाँ बैदशिक अध्ययनका नाममा बाहिरएको छ । उच्च शिक्षा अध्ययनका लागि युवा जनशक्ति विदेश पलाएन हुने कारण मुलुकमा तदनुकुलको वातावरण नहुनु नै प्रमुख कारण रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यो स्थितिलाई नरोक्ने हो भने भविष्यमा ठूलो संकट आउने निश्चित छ । यही समस्यालाई इङ्गित गर्दै माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्कुल तहको पढाई सकेपछि युवाहरू विदेश पलायन हुने अवस्था रोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालमै ए लेभल पढाई हुने कलेज खोलेर उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गरेकी हुन् ।

यस सम्बन्धमा माओवादी नेतृ तथा सांसद शर्माको थप भनाइ छ, –‘अहिले एसइई परीक्षा चलिरहेको छ, प्रत्येक वर्ष एइई दिएपछिका युवा जनशक्ति विदेश पलायन भइरहेको छ । शिक्षाका नाममा विदेश पलायन हुने यो जनशक्ति रोक्नका लागि अमेरिका, क्यानडा, अस्ट्रेलियामा हुने ए लेभलका कलेज सञ्चालनको काम गर्न आवश्यक छ ।’ 
यस्तै राज्यका विभिन्न निकायमा खुला प्रतिस्पर्धा गरेर न्यायालय, अख्तियार, संवैधानिक निकायमा काम गर्नका लागि युवाहरूले हासिल गरेको उच्च शिक्षाको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्  
 

१ महिना अगाडि

प्रतिक्रिया