अमेरिकामा नेपाली भाषाको पढाइ फलदायी बन्दै

१ महिना अगाडि

काठमाडौँ -नेपाली समुदायका बालबालिकालाई संस्कृति र परम्परा सिकाउन अमेरिकामा नेपाली भाषाको पढाइ फलदायी बनेको अभिभावक तथा शिक्षकले बताएका छन्।

आप्रवासी नेपाली भएका जापान, अमेरिका, ब्रिटेन लगायतका मुलुकमा त्यसरी नेपाली भाषा र संस्कृति सिकाउने केन्द्रहरू खोलिएका जानकारी सार्वजनिक हुने गरेका छन्। अमेरिकाको जर्जिया राज्यको एटलान्टा सहरमा त्यस्तै एक केन्द्र नेपाली बालबालिकालाई लक्षित गरी सञ्चालनमा छ। झन्डै ५० जना विद्यार्थीले साप्ताहिक रूपमा पढ्ने उक्त स्कूलमा नेपाली भाषाको पढाइको साथै नेपाली नृत्य, रितिरिवाज तथा चाडपर्वको बारेमा पनि जानकारी गराइन्छ।

१ महिना अगाडि

प्रतिक्रिया