पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु

२ हप्ता अगाडि

काठमाडौं - दैलेखको आठबीस नगरपालिका- ५, पिपलकोटकी २२ वर्षीया भीमा ९रिजुका० गुरुङ बलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ ।

सामान्य पेट दुखेपछि उनी बिहीबार कर्णाली प्रदेश अस्पताल भर्ना भएकी थिइन् । तर, चिकित्सकहरुले पाठेघरमा समस्या भएको र सफा गर्नुपर्ने बताएका थिए । पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै दिउँसो ३ बजेतिर अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको उनको आफन्तको दाबी छ । मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै नभएको बताए ।

परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् । भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेको छ । आफन्तहरूले घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग गरेका छन् ।प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया