प्राज्ञहरुद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

३ हप्ता अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक दवावमा नपरी मेरिटोक्रेसीलाई आधार मानेकोमा ६६ जना प्राज्ञहरुको समूहले प्रधानमन्त्री एवम् त्रिबिका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई भेटी खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । 
प्राज्ञहरुसितको भेटमा प्रधानमन्ँत्री दाहालले मेरिटोक्रेसीको अवधारणा थप दुढताका साथ बाँकी ठाउँहरुमा पनि अवलम्बन गरिने बताए । साथै प्रधानमन्त्रीले देशमा सुशासन, विकास र समृद्धीको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरुरी रहेको बताए । उक्त भेटमा प्राज्ञिकहरुको तर्फबाट त्रिबिका पूर्व उपकुलपति केदारभक्त माथेमाले प्रधानमन्त्री प्रचण्डको सोच र अडानका कारण विश्वद्यिालयमा खुला प्रतिष्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैमा महत्वपूर्ण कुरा रहेको बताए । 
प्रधानमन्त्रीलाई धन्यवाद दिदैं राजनीतिक दलहरुलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरुमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोख्रेल, डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान कोइराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत प्राज्ञहरु थिए । 

३ हप्ता अगाडि

प्रतिक्रिया