पार्टी स्थापनाको हीरक जयन्ती र पुष्पलाल

कमलेश डि.सी.

१ हप्ता अगाडि

आजकै दिन अर्थात २००६ साल बैशाख १० गते(१९४९ अप्रिल २२)मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । भारतको कलकत्तामा पुष्पलालले आफ्ना तीन जना साथीहरुको समेत सहभागितामा पार्टी गठन गर्नुभएको थियो । नर बहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलाश जोशी स०स्थापक रहनु भयो । पुष्पलाल त्यतिबेलासम्म नेपाली राष्टिय कांग्रेसमा हुनुहुन्थ्यो । कांग्रेसबाट विद्रोह गरेर उहाँले कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । पुष्पलालले नै सबैभन्दा पहिले कम्युनिष्ट घोषणा पत्रलाई नेपालीमा अनुवाद गर्नुभएको हो । त्यसपछि नै उहाँले नेपालमा साम्राज्यवाद र सामन्तवाद विरोधी पार्टीको आवश्यकता देृख्नुभयो । त्यस्तो पार्टी कम्युनिष्ट पार्टी नै हुनसक्ने ठानेर उहाँले पार्टी गठन गर्नुभयो । आज उहाँले स्थापना गरेको पार्टी देशको राष्टिय शक्ति बनेको छ । अनेक चिरामा विभाजित भएर पनि नेपालमा कम्युनिष्टहरुप्रतिको लोकप्रियतामा कमी आएको छैन । पटक पटक सत्ताको नेतृत्वमा पनि कम्युनिष्ट पार्टी पुगीसकेको छ । 
पार्टी विभाजनको सुरुवात त पुष्पलालको जीवनकालमै भएको हो । तेस्रो महाधिवेशनबाट रोपिएको विभाजनको बीउ आजसम्म आइपुग्दा सबैतिर फैलिएको छ । दर्जनौं कम्युनिष्ट पार्टीहरु अहिले अहिले अस्तित्वमा छन् । मूलधारका पार्टीहरुमा बेलाबेलामा विचलनहरु देखिएका छन् । सशस्त्र संघर्षको अभ्यास पनि भैसकेको छ । पुष्पलालले देखेको सपना सामन्तवादको पूर्ण रुपमा अन्त्य गरी जनवादी क्रान्तिको माध्यमद्वारा समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । उहाँले त्यतिबेला नयाँ जनवादी क्रान्तिको लागि कार्यदिशा बनाउनु भएको थियो । जतिबेला पुष्पलालमा क्रन्तिको हुटहुटी थियो त्यतिबेला दुई ठूला कम्युनिष्ट मुलुकहरु तत्कालीन सोभियतसंघ र चीनको बीच चरम विवाद बढेको थियो । त्यसको प्रत्यक्ष प्रभाव विश्व कम्युनिष्ट आन्दोलनमा परेको थियो । नेपालका नेताहरु पनि सोभियतसंघ र चीनको पक्षमा ध्रुविकृत हसन पुगे । नयाँ जनवाद कि राष्टिय प्रजातन्त्र भन्ने विवाद बढ्दै जाँदा तुल्सीलालले कुन बाटो भन्ने पुस्तक लेख्नुभयो र त्यसको जवाफमा पुष्पलालले मूल बाटो भन्ने पुस्तक लेख्नुभयो । यसपछि नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित भयो । पुष्पलाल पनि एउटा सानो समूहको नेता बन्नुभयो । पूर्व कोशी प्रान्तिय कमिटीमा रहेका नेताहरुले नेकपा९माले० गठन गरे । जसलाई को –अर्डिशेसन केन्द्रको नामले चिनिन्थ्यो । यही कोके कालान्तरमा नेकपा ०एमाले० बन्यो । माले कालमै यसले झापामा वर्ग शत्रु सफाया आन्दोलन नामको सशस्त्र संघर्ष चलायो । जसको नेतृत्व सीपी मैनाली , आर के मैनाली, मोहनचन्द्र अधिकारी, केपी वली लगायतले गरेका थिए । पुष्पलालकै सहयोगी र प्रथम महाधिवेशनका महासचिव मनमोहन अधिकारी र सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा ९माक्र्सवादी०को बीचमा  २०४७ मा मदन भण्डारीको अग्रसरतामा पार्टी एकता भएपछि नेकपा (एमाले) बन्यो । जसले २०५१ सालको संसदीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएर पहिलो कम्युनिष्ट सरकार बनाउने अवसर पायो । मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने । 
२०५२ सालमा फेरि नेकपा (माओवादीं ले संसदीय व्यवस्थाको विरुद्ध हतियार उठायो । जसलाई उसले दीर्घकालीन जनयुद्धको नाम दियो । जनयुद्धले राष्टिय राजनीतिमा नै ठूलो उथलपुथल ल्याइदियो । १० वर्षसम्म चलेको यो सशस्त्र युद्धकै प्रभावले नेपालबाट राजतन्त्र पनि समाप्त भयो । संविधानसभाको निर्वाचन भयो । शासकीय स्वरुपमा परिवर्तन भयो । तर राजतन्त्र हटे पनि संसदीय व्यवस्था भने कायम छ । २०६३ सालमा माओवादी र सरकारकाबीच शान्ति संझौता भएपछि पहिलो निर्वाचनमा माओवादी नै संविधानसभामा सबैभन्दा ठूलो पार्टीको रुपमा उपस्थित भयो । चुनावी नतिजामा निकै कमजोर देखिए पनि संसदीय चातुर्यतामा माओवादी अगाडि देखिएको छ । फलस्वरुप उसले दुई ठूला पाटीृहरुलाई साइड लगाएर सरकारको नेतृत्व गरिरहेको छ । 
पार्टी स्थापनाको हीरक महोत्सव मनाइरहँदा पुष्पलालसित राजनीतिक द्वन्द्व गरेका पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंह अहिले पनि एउटा सानो समूह ’मसाल’ को नेतृत्व गरिरहनुभएको छ । सिंहले पुष्पलालको आलोचना गर्दै ’गद्दार पुष्पलाल’ भन्ने पुस्तक नै लेख्नुभयो । 
पुष्पलाल बाँचुन्जेल सादगी र नैतिक जीवन बाँच्नुभयो । राजा महेन्द्रले २०१७ सालम ’कु’ गरेपछि त्यसको खरो बिरोधमा उत्रनुभयो पुष्पलाल । प्रजातन्त्रको पुनस्र्थापनाको लागि वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने विचार उहाँले अगाडि सार्नुभएको थियो ।  यसलाई उहाँकै पार्टीका कतिपय नेताहरुले कांग्रेसपरस्त भन्ने आरोप लगाए । २०४६ को जनआन्दोलनमा कांग्रेस कम्युनिष्ट मिलेर पञ्चायत विरुद्ध संयुक्त संघर्ष गरेपछि नै बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । अनि मात्र पुष्पलालको संयुक्त आन्दोलनको नीति सही थियो भन्ने पुष्टि भयो । पार्टी स्थापनाको हीरक जयन्तीको सन्दर्भमा पुष्पलालको विचार र नीतिप्रति इमान्दार भएर विवेचना गर्दै वामपन्थी शक्तिलाई एकतावद्ध गर्न सबैलाई प्रेरणा मिलोस् ।  

१ हप्ता अगाडि

प्रतिक्रिया