काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् ।
आज पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा पूर्वराजाको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया