कामिरिता शेर्पा काठमाडौंमा

३ हप्ता अगाडि

काठमाडौं - ३०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं आएका छन् । शुक्रबार दिउँसो उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सबै भन्दा धेरै आरोहणको कीर्तिमान राख्ने आरोही शेर्पा बनेका छन् । ३०औं पटक सगरमाथा आरोहण गरेर शेर्पाले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामिरिताले २८औं पटकको रेकर्ड बनाएका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

2

4

5

Capture

३ हप्ता अगाडि

प्रतिक्रिया