कर्णाली प्रदेशका प्रमुख जोशीले गरे पदभार ग्रहण

शुक्रबार, १८ साउन २०८१, १३ : ४६

काठमाडौँ - कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । 

बिहान ९ बजे काठमाडौँबाट सुर्खेत आएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् ।  बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् ।  उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत गरेका थिए ।

शुक्रबार, १८ साउन २०८१, १३ : ४६

प्रतिक्रिया