अरिङ्गालले टोकेर एक युवकको मृत्यु

शुक्रबार, १८ साउन २०८१, १३ : ५१

काठमाडौँ - गुल्मीमा अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए  । 

शुक्रबार, १८ साउन २०८१, १३ : ५१

प्रतिक्रिया