काठमाडौं – चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिला सामुहिक बलात्कारमा परेकी छिन् । बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन्।पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
साउन १६ गते बुधबार राति माडी नगरपालिका(७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बलात्कारमा परेकी ती महिला मानसिक समस्यामा रहेको बताइएको छ । मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०/१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्।
प्रतिक्रिया