सोमबारलाई सारियो प्रतिनिधि सभा बैठक

शुक्रबार, १८ साउन २०८१, १७ : ०५

काठमाडौँ - आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकाले सोमबारका लागि सरेको जानकारी दिएका छन् । आइतबार काठमाडौँ उपत्यकामा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले बिदा दिएको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको पाण्डेयले जानकारी दिए ।

p

शुक्रबार, १८ साउन २०८१, १७ : ०५

प्रतिक्रिया