पोखरा उडेको बुद्धको जहाज पुनः काठमाडौं फिर्ता

शुक्रबार, १८ साउन २०८१, १८ : ११

काठमाडौं - काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्काउने निर्णय लिइएको हो ।

अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको उनले जानकारी दिए । कम्पनीका अनुसार शुक्रबार तीव्र वायु चलेका कारण जनकपुरका उडानहरू रद्द भएका छन् ।


 

शुक्रबार, १८ साउन २०८१, १८ : ११

प्रतिक्रिया