काठमाडाैं-दाङको तुलसीपुरमा खोलामा आएको बाढीले अटो बगाउँदा दुई महिला बगेर बेपत्ता छन्।
तुलसीपुर उपमहानगरपालिका– ४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपेत्ता छन्।
शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको पाँच जना सवार अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो।खोलाले बगाएर बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । शुक्रबार राति करिब पौने १० बजेतिर अर्कौ एउटा अटोलाई पनि काला खोलाले बगाएको थियो।
तुलसीपुर बजारबाट बिजौरी जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाइ काला खोलामा आएको बाढीले बगाएको थियो। चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुनको उद्धार भएको थियो। चालकले मदिरा सेवन गरेका थिए। अटो बगाएको खबर पाउना साथ इप्रका बाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलको नेतृत्वका खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको थियो।
प्रतिक्रिया