काठमाडौँ - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जावलाखेलमा आइतबार भोटो देखाइएको छ । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।
प्रतिक्रिया