एक बीमा कम्पनी र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन

बुधबार, २३ साउन २०८१, २१ : ३९

काठमाडाैं- एक बीमा कम्पनी र एक लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु। ७०५.७७ कायम गरिएको छ । यसअघि ७३४ थियो ।  त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४.००५१४३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु। १०१३.११ कयम गरिएको छ । यसअघि रु। ११५५ थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै दुबै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 
 

बुधबार, २३ साउन २०८१, २१ : ३९

प्रतिक्रिया