काठमाडौँ - नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार प्र्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् । जोशीलाई बढुवा समितिको सिफारिसअनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया