कोशीमा शुक्रवार सार्वजनिक बिदा

विहीबार, २४ साउन २०८१, १७ : ३९

काठमाडौँ - कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रवारका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।

विहीबार, २४ साउन २०८१, १७ : ३९

प्रतिक्रिया