काठमाडौं – वर्तमान सत्ता गठबन्धनमा विभिन्न क्षेत्रमा बदनाम व्यक्तिहरु पनि मन्त्री बनेका छन् । जसको प्रर्याप्त आलोचना भैरहेको छ । त्यस्तै मध्ये एक हुन ऊर्जा,जलस्रोत तथा सिन्चाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) । उनलाई राजधानीमा स्वागत र सम्मान गरिएको छ । रामेछापका स्थानीयले राज्यमन्त्री तामाङलाई दुबोको माला लगाएर स्वागत गरेका हुन् ।
राजधानीमा रहेका रामेछापको गोकुलगङ्गा गाउँपालिका चुचुरेका स्थानीयले उनलाई स्वागत गरेको बताइएको छ । नेपाली काँग्रेसका सांसद तामाङ यसअघि बैंकको ऋण नतिरेपछि कालोसूचीमा परेका थिए । उनले लिएका ठेक्का पनि ठाउँ ठाउँमा अधुरै छन् ।
प्रतिक्रिया