विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस

शुक्रबार, २५ साउन २०८१, ०७ : ३१

काठमाडौँ- शुक्रबार बिहानै विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस भएको छ।

बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भुइँचालो गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ।


.यस अघि प्रकाशित समाचारमा जाजरकोट केन्द्रविन्दु  भएको प्रति क्षमा चहान्छौ 

शुक्रबार, २५ साउन २०८१, ०७ : ३१

प्रतिक्रिया