काठमाडौँ महानगर कार्यालय नजिकैको भासियो सडक

शुक्रबार, २५ साउन २०८१, १२ : ०२

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ ।

सडक भासिँदा बिहीबार रातिदेखि सवारी आवागमन प्रभावित भएको छ । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।
 
 
 

शुक्रबार, २५ साउन २०८१, १२ : ०२

प्रतिक्रिया