काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार ब्रोकाउलीको मूल्य बढेको छ भने छ्यापीको मूल्य घटेको छ ।
आज ब्रोकाउली प्रतिकिलो २२६ रुपियाँमा कारोबार भइरहेका छ । हिजो भने प्रतिकिलो १७० रुपियाँ थियो । आज किलोमा ५६ रुपियाँले बढेको हो । त्यस्तै, छ्यापी किलोमा २६ रुपियाँ नै सस्तो भएको छ । अघिल्लो दिन १९० रुपियाँमा किनबेच भएको छ्यापी आज प्रतिकिलो ११६ रुपियाँ कायम भएको छ ।
कालिमाटी आइतबार ठूलो गोलभेंडा ७५, लोकल गोलभेंडा ३०, लोकल काउली ८५, तनेबोडी ९५, मकैबोडी ८५, घिउसिमी १३५, करेला ३५, लौका ५५, परवर ७५ र रायोको साग प्रतिकिलो ११० रुपियाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रतिक्रिया