आइतबार यसरी कारोवार हुदैछ सुनचाँदी

आइतबार, २९ बैशाख २०७६, ११ : ०२

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । 

अघिल्लो हप्ताको शुक्रबार तोलामा ३ सय रुपैयाले बढेर प्रति तोला ६० हजार रुपैयामा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै यस दिन तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चांदी प्रतितोला ७ सय २० रुपैया प्रति तोला रहेको छ । गत हप्ताको शुक्रबार पनि चाँदीको मूल्यमा स्थिर रहेको थियो ।

आइतबार, २९ बैशाख २०७६, ११ : ०२

प्रतिक्रिया