पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा शीर्ष नेताहरुद्वारा श्रद्धाञ्जली (तस्बिरहरु)

सोमबार, ०३ मंसिर २०८१, १२ : ५४

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन्।
 
त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुंगानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए। “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भने ।
 
दिवंगत ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ।
 
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । सानो गौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

202411181233-9bf1d01d-3145-4461-9a4d-c959f06e048a_medium

202411181236-9febc9eb-ee0c-4e75-b78c-7e1ac3f88b18_medium

202411181238-a74f4432-75dd-4e4e-a608-03abe4717007_medium

 

202411181241-fdd42841-9f21-407b-a4c2-f1e1096bf086_medium

सोमबार, ०३ मंसिर २०८१, १२ : ५४

प्रतिक्रिया