याे राशिलाई शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना, यी राशिहरुकाे दिन कस्ताे ?

शुक्रबार, २८ मंसिर २०८१, ०४ : ५२

काठमाडौं- आज २०८१ मंसिर २८ गते शुक्रबार (१३ डिसेम्बर, २०२४) । मंसिर शुक्लपक्ष, त्रयोदशी १८:१४ सम्म, तत्पश्चात् चतुर्दशी । नक्षत्र: भरणी ०६:५० सम्म, तत्पश्चात् कृत्तिका । चन्द्रराशि: मेष १२:२८ सम्म, तत्पश्चात् वृष । दक्षिणायन । तद्नुसार आजको राशिफल यसप्रकार रहेको छः

 

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) राशि भएकाहरुकाे आज करियर वा कारोबारमा लाभ मिल्नेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । आपसी झगडामा भावुक भएर निर्णय लिनु हुँदैन । कार्यक्षेत्रमा स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।

 

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो) राशि भएकाहरुकाे आज सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ । आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ । वैवाहिक जीवन र प्रेम प्रसंगमा आजको दिन उत्साहपूर्ण रहनेछ । कलाकारिताको क्षेत्रबाट लाभ मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

 

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) राशि भएकाहरुलाई आज धैर्य पराक्रममा वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ । जीवनसाथीसँग तालमेल बनाएर राख्दा राम्राे । मठ मन्दिर आदिको यात्रा गर्दा सकेसम्म परिवारसँग जाँदा बेस । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ ।

 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) राशि हुनेहरूलाई आज विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । स्वादिष्ट खानपानको आनन्द मिल्नेछ । आफ्नाे सवारी साधन अरुलाई दिनबाट बचाैं । मेहनतले ज्ञान र कलामा निखार आउनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ ।

 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राशि हुनेहरुकाे आज रोकिएका काम बन्नको साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्ला । प्रतिद्वन्दीको सल्लाहलाई विचार पुर्याएर विश्वास गर्नुपर्ला । राजनीतिमा जोडिएकाहरूलाई विशेष मौका मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।

 

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो) राशि भएकाहरुले आज अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिएला । साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ । धर्म कर्म भन्दा भौतिक सुविधामा मन लाग्नेछ । विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिख्न पाउनेछन् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।

 

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते) राशि भएकाहरुकाे आज दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । कार्यक्षेत्रमा गरिएको कार्यको जस पाइनेछ । लेखन वा अध्ययनमा प्रगति हुनेछ । आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ ।

 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राशि भएकाहरुकाे आज आज महत्वकांक्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ । विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ । मित्रहरूको साथ नमिल्ला मनको भड्काव देखि बचाैं । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।

 

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) राशि भएकाहरुका लागि आज धार्मिक कार्यक्रममा सहभागी हुन अवसर मिल्नेछ । सम्मानमा वृद्धि हुनेछ । नयाँ पहिरनको अवसर मिल्नेछ । वैदिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान पाइनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राशि भएकाहरुलाई आज आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ । घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ । कार्यक्षेत्रको विस्तारलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।

 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) राशि भएकाहरुलाई आज व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ । शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा नयाँ आयस्रोतहरू बन्नेछन् । पार्ट टाइम नोकरीमा सफलता मिल्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।

 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) राशि भएकाहरुकाे आज व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि समय उपयुक्त नहोला प्रतिक्षा गरौँ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । पायक स्थानमा भ्रमण हुनेछ । नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।

शुक्रबार, २८ मंसिर २०८१, ०४ : ५२

प्रतिक्रिया