चितवन फेन्सी व्यवसायी संघको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

मंगलबार, ०९ पुस २०८१, १४ : ०९

काठमाडौं - चितवन फेन्सी व्यवसायी संघको अध्यक्षमा राम प्रसाद पौडेल विजयी भएका छ । संघको आज सम्पन्न निर्वाचन आफ्ना प्रतिस्पर्धी यमप्रसाद घिमिरेलाई ११८ मत अन्तरले पछि पार्दै पौडेल विजयी भएका हुन् ।

विगत १३ वर्ष देखी नारायणगढको कमल नगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका पौडेलले २०७३ सालदेखि निरन्तर संघमा कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेका छन् ।

जितपछि मतदाताहरूलाई धन्यवाद दिँदै नव निर्वाचित अध्यक्ष पौडेलले यो जित चितवनका सम्पूर्ण फेन्सी व्यवसायीहरुको जित हो भन्दै आफूलाई विश्वास गरेर मत दिएको मा धन्यवाद व्यक्त गरे । उनले आफूले यसअघि सारेका योजनाहरू कार्यान्वयनमा अविलम्ब लागि पर्ने बताउँदै आफ्नो आगामी कार्यकाल सबै व्यवसायीले गर्व गर्न लायक बनाउने बताए ।

व्यवसायी बीच समन्वयात्मक भूमिका निर्वाह गर्ने, व्यवस्थित बजार व्यवस्थापन गर्ने, दैवी प्रकोप र आगलागी राहत कोष स्थापना, वैज्ञानिक घर भाडा प्रणाली लागू गर्ने, फेन्सी व्यवसाय प्रवर्द्धन सदस्यता छानबिन र सुधार गर्ने, व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई व्यवसाय क्षेत्रमा आकर्षित गर्ने, व्यवसाय कर, घरभाडा कर, र विज्ञापन करका मुद्दाहरूको दीर्घकालीन समाधानका लागि पहल गर्ने, संघको सदस्यता प्रणालीलाई डिजिटल बनाउँदै सूचना अद्यावधिक गर्ने, प्रत्येक वर्ष उत्कृष्ट व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने साथै व्यवसायीहरूका लागि न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन साकोससँग सहकार्य गर्ने जस्ता महत्त्वाकाङ्क्षी योजना पौडेल आफ्नो घोषणा पत्र मार्फत अघि सारेका थिए ।

अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरू यस अघि नै निर्विरोध निर्वाचित भई सकेका छन् । यसरी निर्विरोध निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष-टंक प्रसाद सापकोटा, उपाध्यक्ष- डिलाराम खरेल, सचिव- विपिन रिजाल, कोषाध्यक्ष-पवित्रा पौडेल रहेका छन् ।

मंगलबार, ०९ पुस २०८१, १४ : ०९

प्रतिक्रिया