काठमाडौं - सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । माओ दिवसका अवसरमा केन्द्रले बिहीबार काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार दिउँसो साढे १ बजे अन्तरक्रिया कार्यक्रम राखिएको केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए । समाजवादी चीन स्थापनामा माओले खेलेको भूमिका नेपालको सन्दर्भमा पनि महत्त्वपूर्ण भएकोले जन्म जयन्तीको अवसरमा कार्यक्रम राखिएको शर्माले बताए ।
उनका अनुसार कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले ‘माओ दिवस र वर्तमान राजनीति’ विषयमा धारणा राख्नेछन् ।
‘नेपालमा समाजवाद स्थापना, वाम ध्रुवीकरण र पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भमा यो कार्यक्रम रणनीतिक महत्वको छ । माओको नेतृत्वमा भएको चिनियाँ समाजवादी क्रान्ति नेपालको समाजवादी आन्दोलनमा पनि उत्तिकै सान्दर्भिक छ' उनले भने, 'यस अन्तरक्रियाले पार्टी एकता र वाम ध्रुवीकरणबारे विशेष अर्थ राख्छ ।’
प्रतिक्रिया