अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

विहीबार, ११ पुस २०८१, १० : ३९

काठमाडौं- अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानी हवाई आक्रमणमा पाक्टिकाको बर्मल जिल्लाका ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका थिए ।

बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रहरू नजिक छ । तालिबान अधिकारीहरूका अनुसार आक्रमणले वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरेको थियो।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताए । तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए । धेरै घर ध्वस्त भएको उनले बताए । 

तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई बर्बर भनिएको छ।

एजेन्सी

विहीबार, ११ पुस २०८१, १० : ३९

प्रतिक्रिया