प्रचण्डको चुनावी रणनीति : छोरीका लागि मतपत्र च्यात्ने, विद्यार्थी नेता जिताउन पानी खन्याउने

आइतबार, १३ माघ २०८१, १२ : ४४

काठमाडौं- नेकपा(माओवादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी)को शनिबार सम्पन्न निर्वाचनको मतगणना मधेश प्रदेशमा स्थगित भएको छ ।

बताइए अनुसार आइतबार अखिल(क्रान्तिकारी)को मधेश प्रदेशमा मतगणना भइरहँदा मतपत्रमा पानी खन्याइएपछि मतगणना रोकिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अध्यक्षका प्रत्यासी विजयप्रकाश सापकोटा पक्षधर विद्यार्थीहरुले मतपत्रमा पानी खन्याए पछि विवाद उत्पन्न भएर रोकिएको मतगणना पुनः सुचारु गर्ने प्रयत्न भइरहेको छ ।

मतगणनामा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन्। अन्य प्रतिस्पर्धीहरूमा हेमन्त राईले ४१, विजय शर्मा सापकोटाले ४० र सुदिन पौडेलले १ मत प्राप्त गरेका छन्। मतगणनामा एक मत बदर भएको जनाइएको छ।

चार मत कम देखिएपछि दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो। विवादकै क्रममा सञ्जय महतो समूहले मतपत्रमा पानी खन्याएपछि निर्वाचन प्रक्रिया तत्काल स्थगित गरिएको हो। 

अखिल(क्रान्तिकारी)को निर्वाचन : मतदातालाई प्रभावित पार्न पार्टी हेडक्वाटरको फोन आतंक

निर्वाचन समितिले मतपत्रलाई सिलबन्दी गरी राखेको छ। दुबै पक्षले पुनः निर्वाचनको माग गर्दै प्रक्रियालाई अघि बढाउन दबाब दिएका छन्।

महतो सापकोटा समूहका विद्यार्थी नेता हुन् । यसलाई कतिपयले यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा छोरी रेणुलाई जिताउन मत पत्र च्यातिएको घटनासँग जोडेर सोही प्रवृत्ति विद्यार्थी संगठनको निर्वाचनमा पनि दोहोरिएको बताइरहेका छन् ।

शनिबार सम्पन्न निर्वाचनको मधेश प्रदेशमा प्रचण्ड पक्षबाटै पानी खन्याएर अवरोध गरिए पछि स्थगित भएको छ भने अन्य प्रदेशबाट मत परिणाम आउने क्रम जारी छ । 

अध्यक्षका चार जना प्रत्याशीमध्ये सापकोटा प्रचण्डको पधर हुन् भने अर्का उम्मेदवार हेमन्त राई उपमहासचिव जनार्दन शर्मा पक्षका हुन् । यस्तै सुदिन पौडेल अर्का उपमहासचिव वर्षमान पुन पक्षका र उपदेश यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् ।

अखिल(क्रान्तिकारी)को निर्वाचनमा रोचक पक्ष : प्रचण्ड पक्षको चुनावी कमाण्डर उपमहासचिव बस्नेत, शर्माले दिएका थिए आफ्नै भाईलाई परिचालनको जिम्मा

आइतबार, १३ माघ २०८१, १२ : ४४

प्रतिक्रिया