काठमाडौं - घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशूल।
पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र ५५.५ फिट उचाइ रहेको त्रिशूल हेर्नका लागि दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ ।
प्रतिक्रिया