टुँडिखेलमा सैनिक दिवसको रौनक (तस्बिरहरु)

बुधबार, १४ फागुन २०८१, १३ : ०३

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गरेका छन् । सो अवसरमा नेपाली सेनाद्वारा उनको सम्मानमा राष्ट्रपति सलामी अपर्ण गरिएको थियो ।
 
सो अवसरमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा प्रयोग गर्दै आएका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । त्यस्तै सेनाको टोलीबाट सङ्गठनको प्रतीक चिह्न षटकोणभित्र त्रिशूल र डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो ।
 
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।
 
त्यस अवसरमा भारतीय स्थल सेनाका पूर्वप्रमुखहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरवणे र मनोज पाण्डे सहभागी रहनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु

6470f5cc-85b4-4501-b751-08916fcb3a99

25c603a7-9516-4664-acb6-8ed9a65e313e

3337b04e-953e-42e8-baf8-0a437dc5d360dc074031-7e50-45a9-bb15-147aa8da5122

772fde1e-f858-420c-9e17-c97ecdaecb16 (1)

772fde1e-f858-420c-9e17-c97ecdaecb16

8e14af70-958d-47bf-b5d3-0fbd048e1dfa

 

 

बुधबार, १४ फागुन २०८१, १३ : ०३

प्रतिक्रिया