कुलमानलाई सफाई पेस गर्न उर्जा मन्त्रालयको पत्र- ‘तपाईंलाई कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?’ (पूर्णपाठ)

विहीबार, २२ फागुन २०८१, २० : २३

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्र पठाएको छ ।  

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न भन्दै स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । उक्त अधिकार पाएसँगै मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो ।  

यो पनि 

उर्जामन्त्री खड्कालाई कुलमानको जवाफ- मलाई स्पष्टीकरण सोध्ने अधिकार उर्जा मन्त्रालयलाई छैन (पूर्णपाठ)

यस अघि पनि उर्जा मन्त्रालयले घिसिङलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।  त्यसको जवाफ दिँदै घिसिङले आफूलाई मन्त्रिपरिषद बैठकले नियुक्त गरेको भन्दै उर्जा मन्त्रालयलाई पदबाट हटाउने अधिकार नभएको बताएका थिए । त्यसयता उर्जा मन्त्री खड्का र घिसिङबीच थप टसल बढेको छ । 

यो पनि 

कुलमानलाई सरकारले दियो शून्य नम्बर

केही दिन अघि उर्जा मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पनि कार्यकारी निर्देशक घिसिङलाई शून्य अंक दिइएको थियो । मन्त्री खड्काकै दबाबमा कार्यसम्पादनमा घिसिङलाई कमजोर देखाइएको बताइन्छ ।

यो पनि 

कार्यसम्पादनमा कमजोर देखाएर कुलमानलाई हटाउने उर्जामन्त्रीको दाउ

 

 

 

विहीबार, २२ फागुन २०८१, २० : २३

प्रतिक्रिया