काठमाडौं - म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको छ वटा वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका–९ नेप्टेचौर क्षेत्रमा स्तरोन्नतिको क्रममा रहेको सडकको ड्रोनबाट खिचिएको तस्बिर ।
गण्डकी प्रदेश सरकारको रु. १० करोड १६ लाखको लागतमा बेनी नगरपालिका–९ किराखोर देखि नेप्टेचौर हुँदै तोरीपानीसम्मको चार किलोमिटर सडक कालोपत्रे गर्न गत जेठ महिनामा ठेक्का सम्झौता भएको योजनाको ५० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया